२०८३ बैशाख १४ गते , सोमबार

युक्रेनको एक अस्पतालमा रुसी आक्रमण, १४ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ माघ १५ गते , आईतबार
युक्रेनको एक अस्पतालमा रुसी आक्रमण, १४ जनाको मृत्यु

रुसले युक्रेनी सेनाले एक अस्पतालमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको आरोप लगाएको छ। रुसको कब्जामा रहेको पूर्वी युक्रेनको लुहान्स्कस्थित नोभाइदरमा रहेको अस्पतालमा १४ जनाको मृत्यु भएको र २४ जना घाइते भएको रुसी रक्षा मन्त्रालयको आरोप छ। 

उसका अनुसार मृत्यु र घाइते हुनेमा बिरामीदेखि स्वाथ्यकर्मीसम्म छन्। रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले जानीजानी अस्पताल भवनमा अमेरिकामा निर्मित हिमार्स रकेट प्रहार गरेको बताएको छ। 

सैन्य चिकित्सकले आम नागरिक तथा घाइते सैनिकको उपचार गरिरहेको अस्पतालमा युक्रेनले कयौँ रकेट प्रहार गरेको रुसी आरोप छ। रुसले युक्रेनले अस्पतालमा आक्रमण गरेर गम्भीर युद्ध अपराध गरेको समेत बताएको छ । यसबारे युक्रेनले केही भनेको छैन। 

तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी युक्रेनमा नरसंहार गरिरहेको आरोप लगाएका छन्। युक्रेनी अधिकारीले पूर्वी युक्रेनमा रुसी मिसाइल प्रहारबाट ३ जनाको मृत्यु भएको र कयौँ व्यक्ति घाइते भएको बताएका छन्।
 

सम्बन्धित समाचार