२०८३ बैशाख १४ गते , सोमबार

केदारनाथ मन्दिर हिउँले ढाकियो

sajilo news
एजेन्सी
२०७९ माघ १६ गते , सोमबार
केदारनाथ मन्दिर हिउँले ढाकियो

देहरादुन । केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ । धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परेको अधिकारीहरूले जनाएका छन्  । 

यसैबीच राज्यको उत्तरकाशी प्रहरीले आसपासका नागरिकहरूलाई सम्भावित जोखिमबाट सचेत रहन आग्रह गरेका छन् । उत्तरकाशी प्रहरीले ट्वीटमा उल्लेख गरेको छ,'वर्षा र हिमपातका कारण गङ्गोत्री राष्ट्रिय राजमार्ग सुक्की टोपभन्दा माथि धरासु बन्दरकोट र बन्दरकोट नजिकै आएका फोहोर र हिमपहिराका कारण अवरुद्ध भएको छ ।' 

यमुनोत्री राष्ट्रिय राजमार्ग जानकीछट्टी र राडी मार्ग पनि अवरुद्ध भएको छ। यात्रुहरूलाई सावधानीपूर्वक हिड्न भनिएको छ ।

केदारनाथ धामका द्वारहरू अप्रिल २६ मा र गङ्गोत्री र यमुनोत्रीका ढोकाहरू अप्रिल २२ मा जाडो बिदापछि मात्र खुल्ने मन्दिर व्यवस्थान समितिले जनाएको छ । केदारनाथ, यमुनोत्री र गङ्गोत्रीका द्वार खोल्ने मिति तय हुनासाथ चारधाम यात्राको तयारी पनि शुरु हुने बताइएको छ । 

यमुनोत्री, गङ्गोत्री र बद्रीनाथसहित चार धाम भनेर चिनिने चारवटा पुरातन तीर्थस्थलहरूमध्ये केदारनाथ प्रमुख तीर्थस्थल हो। ( रासस एएनआई)

सम्बन्धित समाचार