२०८३ बैशाख ३० गते , बुधबार

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति : महामन्त्री शर्मा

sajilo news
झापा
२०७९ माघ १७ गते , मंगलबार
कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन्।  मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनको भनाइ छ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए। उनले भने, 'हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ। अहिले मैले नाम भन्नु उचित हुँदैन्। अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारका बारेमा छलफल गर्छौ।'

नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो।

सम्बन्धित समाचार