२०८३ बैशाख ३० गते , बुधबार

जनयुद्ध दिवसको पूर्व सन्ध्यामा भद्रपुरमा दीप प्रज्वलन

sajilo news
झापा
२०७९ माघ २९ गते , आईतबार
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा भद्रपुरमा दीप प्रज्वलन

भद्रपुर । भद्रपुरमा २८ औ जनयुद्ध दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गरिएको छ । नेकपा माओवादी केन्द्र भद्रपुर नगर समितिले भद्रपुरको झापा चोकमा आइतबार साँझ दीप प्रज्वलन गरेको हो । 

दीप प्रज्वलन कोणसभामा बोल्दै माओवादी केन्द्र झापा ३ का इन्चार्ज डिल्ली घिमिरे हिक्मतले महान् जनयुद्धबाट प्राप्त सङ्घीय लोकतान्त्रिक तथा गणतन्त्र राज्य व्यवस्थाका उपलब्धिहरूलाई संस्थागत गर्दै नयाँ ढङ्गबाट जनयुद्ध मुल्य मान्यतालाई राजनैतिक अभ्यास गर्दै गणतन्त्रलाई संस्थागत गर्न सबैको दायित्व रहेको  बताए  ।

माओवादी नगर समितिका अध्यक्ष शिवकुमार राजभन्डारीले सञ्चालन गरेको कार्यक्रममा माओवादी केन्द्रका नेता दिनानाथ उप्रेती, मेदनी शिवाकोटी, एनपि लिम्बु, पुकार राजवंशी सहिद परिवारका तर्फबाट गुरु घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार