२०८३ बैशाख ७ गते , सोमबार
पल शाहलाई सफाइ, सोमबार रिहा हुँदै
बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो । सोमबार पल शाह रिहा हुने जनाइएको छ । अघिल्लो वर्षको फागुन ११ गतेको पीडितको जाहेरीले फागुन १५ गते पक्राउ परेका शाह त्यतिबेलादेखि जेलमै रहेका थिए ।