२०८३ बैशाख ३० गते , बुधबार

आठौँ शताब्दीको बुद्धको दुईवटा मूर्ति चोरी

sajilo news
रासस
२०७९ फाल्गुन २९ गते , सोमबार
आठौँ शताब्दीको बुद्धको दुईवटा मूर्ति चोरी

ललितपुर । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ ।

चापागाउँस्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए ।  चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७  मा पनि मूर्ति चोरी भएको थियो । 

चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ ।   बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन् । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।

सम्बन्धित समाचार