२०८३ बैशाख १४ गते , सोमबार

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा ११ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ चैत्र ८ गते , बुधबार
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं ।  अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी  हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । गएराति १० बजेर १७ मिनेट हुँदा आएको भूकम्प ६ दशमलव ५ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। 

भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो। भूकम्पको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएको स्थानीयले बताएका छन्।  भूकम्पको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो। 

सम्बन्धित समाचार