२०८३ बैशाख १४ गते , सोमबार

पाकिस्तानमा पिठोका लागि भागदौड मच्चिँदा ११ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ चैत्र १६ गते , विहीबार
पाकिस्तानमा पिठोका लागि भागदौड मच्चिँदा ११ जनाको मृत्यु

इस्लामावाद। पाकिस्तानमा निःशुल्क पिठो लिन गएका ११ स्थानीय व्यक्तिको मृत्यु भएको छ । मुस्लिमहरूको पवित्र महिना रमजानको अवसरमा पाकिस्तानको पञ्जाब प्रान्तमा निःशुल्क पिठो बितरण गरिएको थियो ।

पिठो लिने क्रममा भागदौड मच्चिदा यो दुःखद घटना भएको स्थानीय न्युज एजेन्सीले बताएका छन् । ज्यान गुमाउनेहरूमा दुई जना महिलासमेत रहेको बताइएको छ।

भागदौडको घटना पञ्जाब प्रान्तको चार वटा जिल्ला साहिवाल, बहाबलपुर, मुजफ्फरगढ र ओकारामा भएको थियो। यी सबै जिल्ला दक्षिण पञ्जाबमा पर्छ। घटनामा ६० घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ।
 

सम्बन्धित समाचार