२०८३ बैशाख ७ गते , सोमबार

ऋषि सिंहले जिते इन्डियन आइडलको उपाधि

sajilo news
एजेन्सी
२०७९ चैत्र २० गते , सोमबार
ऋषि सिंहले जिते इन्डियन आइडलको उपाधि

भारतीय इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितका छन्।  गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले  उपाधि हात पारे। उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए। रनरअप बनेको रोयले पाँच लाख प्राप्त गरिन्।  चिराग कोटवाल तेस्रो भए।

फाइनलमा ६ जना प्रतिस्पर्धी थिए। जनताको भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्। 

सम्बन्धित समाचार