२०८३ बैशाख ७ गते , सोमबार

काँकडभिट्टा माविले गरेको शिक्षक नियुक्तिको विषयमा अख्तियारमा उजुरी

sajilo news
झापा
२०८० बैशाख ६ गते , बुधबार
काँकडभिट्टा माविले गरेको शिक्षक नियुक्तिको विषयमा अख्तियारमा उजुरी

 काँकरभिट्टा माविले ४० वर्ष उमेर पूरा गरेका व्यक्तिलाई शिक्षकका रुपमा नियुक्त गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कानून विपरीत काँकरभिट्टा माविले साविक उच्च मावि तहको दरवन्दी ९हाल माध्यमिक तह० मा शिक्षक नियुक्त गरेको भन्दै अनलाइनमार्फत अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी परेको हो ।

‘अनलाइनबाट गरिएको उजुरी सिधै केन्द्रीय कार्यालयमा दर्ता हुन्छ’– अख्यियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवले भने– उजुरीका विषयमा केन्द्रले नै छानविन गरी अनुसन्धान अधिकृत तोकेर कारवाही अघि बढाउँछ ।

अख्तियारमा उजुरी दर्ता भएको बिषयमा विद्यालयलाई कुनै जानकारी नभएको प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताएका छन् । प्रक्रिया पु¥याएर शिक्षक नियुक्ति गरी अभिलेखिकरणका लागि शिक्षा विकास तथा समन्वय इकाईमा पठाएका छौं,’ प्रधानाध्यापक न्यौपानेले भने – अहिलेसम्म अभिलेखिकरण भएर आएको छैन ।

उच्च मावि दरबन्दीमा शिक्षक नियुक्तका लागि कानूनले स्पष्ट व्याख्या नगरेकाले हामीले ‘सामुदायिक उच्च माद्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका २०७१’ लाई आधार मानेर शिक्षक नियुक्ति गरेका हौं –प्रधानाध्यापक न्यौपानेले भने ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७९ मंसीर २७ गते नै शिक्षा विकास तथा समन्वय इकाईका नाममा जारी गरेको निर्देशनमा उक्त निर्देशिका बमोजिम शिक्षक नियुक्ति गर्दा आयोगबाट हुने तोकिए बमोजिमको पहिलो बिज्ञापनमा मात्रै शिक्षकको न्यूनतम् उमेर हद नलाग्ने भनेको छ । सँंगैमा उक्त निर्देशनमा नै सो बाहेकको अवस्थामा जुनसुकै किसिमबाट उच्च माद्यमिक शिक्षकको पदमा नियुक्ति भई कार्यरत् रहेको भए तापनि उच्च माद्यामिक तर्फको दरबन्दी÷अनुदान कोटाबाट शिक्षक नियुक्ति गर्दा न्यूनतम् र अधिकतम् उमेर हद लाग्ने उल्लेख छ ।

काँकरभिट्टा माविमा उक्त निर्देशिकाबाट यस अघि नै दुई जना शिक्षकहरु भगिरथ भण्डारी र टीकाराम पौडेल नियुक्ति भइसकेको प्रधानाध्यापक न्यौपानेले बताए । सोही दरबन्दीमा कार्यरत शिक्षक भण्डारीले अवकाश पाएपछि पदपूर्ति गरेको न्यौपानेले बताए ।

यता शिक्षक नियुक्तिका विषयमा शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार विकले अहिले उच्च मावि तह नै नरहेको र उच्च माद्यमिक शिक्षा परिषद्समेत खारेज भइसकेको अवस्थामा पुरानो निर्देशिकाको आधारमा गरिएको उच्च मावि दरबन्दीको शिक्षक नियुक्तिको बिषयमा अध्ययन भइरहेको बताए ।

२०७९ फागुन ५ गते शिक्षक पदपूर्तिका लागि विद्यालयले सूचना जारी गरेको थियो । उक्त बिषयमा विद्यालयले छनौट समिति गठन गरी फागुन २६ गते परीक्षा लिएर ४० बर्ष नाघेका फाल्गुनी दाहाललाई नियुक्ति गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो । उक्त परीक्षामा फाल्गुनी बाहेक अनोज दाहाल, पारस दाहाल, रोहित बराल र नवीन गौतम सहभागी थिए ।

सम्बन्धित समाचार