२०८३ बैशाख ७ गते , सोमबार
भद्रपुर नगर क्षेत्रका विद्यालय थप तीन बन्द रहने
अत्यधिक गर्मीका कारण गत जेठ १८ गते बिहीबारदेखि बन्द रहेका भद्रपुर नगरपालिकाका सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरू जेठ २३ गते मङ्गलवारसम्म बन्द रहने भएका छन् ।
जल तथा मौसम विज्ञान विभागबाट अझै केही दिन तराईका जिल्लाहरूमा तातो हावा तथा 'लु' लाग्ने सम्भावना रहेको भन्दै भद्रपुर नगर प्रमुख गणेश पोखरेलको आदेश बमोजिम थप तीन दिन विद्यालय बन्द दिएको नगर शिक्षा शाखाले जनाएको छ ।
अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको एवम् विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावना बढेकोले बिदा दिइएको जनाइएको छ ।