२०८३ बैशाख ७ गते , सोमबार
भोलिदेखि भद्रपुरका सबै विद्यालय बिहान ६ :१५ बजेदेखि सञ्चालन हुने
भद्रपुर । भद्रपुर नगर क्षेत्रका सबै विद्यालय भोलि बुधवार बिहान ६ :१५ बजेदेखि सञ्चालन हुने भएको छ । नगर शिक्षा, युवा तथा खेलकुद शाखाले मङ्गलवार एक सूचना जारी गर्दै भद्रपुरका सबै सामुदायिक तथा निजी विद्यालय भोलिदेखि बिहान ६ :१५ देखि बिहान १० :१५ बजेसम्म सञ्चालन गर्न अनुमित दिएको छ ।
शिक्षा शाखाले जेठ ३२ गतेसम्म बिहानी पखा विद्यालय सञ्चालनको अनुमित दिएको हो । अत्यधिक गर्मीका कारण नगरपालिकाले ६ दिन नगरभरिका विद्यालय बन्द दिएका थिए । विद्यार्थीको स्वास्थ्यसँगै पठनपाठनलाई लक्षित गरी बिहानको समयमा विद्यालय सञ्चालन गर्न अनुमित दिएको शिक्षा शाखाले जनाएको छ ।
.jpg)