२०८३ बैशाख ७ गते , सोमबार

आइतबारदेखि भद्रपुरमा प्रथम चन्द्रगढी सांस्कृतिक तथा साङ्गीतिक महोत्सव 

sajilo news
झापा
२०८० जेष्ठ २७ गते , शनिबार
आइतबारदेखि भद्रपुरमा प्रथम चन्द्रगढी सांस्कृतिक तथा साङ्गीतिक महोत्सव 

भद्रपुर । भद्रपुर नगर क्षेत्र भित्रका विभिन्न विधाका खेलाडीलाई टिकाइ राख्ने उद्देश्य राखेर भद्रपुरमा प्रथम चन्द्रगढी सांस्कृतिक तथा साङ्गीतिक महोत्सव हुने भएको छ ।

चन्द्रगढी भेट्रान्स क्लबले आइतबारदेखि सदरमुकाम भद्रपुर- ८ स्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडि महोत्सव गर्न लागेको हो । 'बिहानै उठौँ मेची रङ्गशालामा जुटौँ, स्वास्थ्य रहौँ' भन्ने उद्देश्य राखेर यस क्लबले केही वर्षयताबाट सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ । 

क्लबका सचिव तथा महोत्सव आयोजक समितिका संयोजक भूपाल कार्कीका अनुसार पहिलो चरणमा १३ दिनसम्म चल्ने महोत्सवमा जिल्ला प्रशासन कार्यालय झापाले दिएको स्वीकृतिमा उल्लेख मापदण्डको पूर्ण पालना गर्दै महोत्सव आयोजना गर्न लागेको बताए । महोत्सवबाट उठेको रकम फुटबल खेलको विकाससँगै खेलकुद क्षेत्रमा सहयोग गरी क्लबको कोषको विकास गरिने उनको भनाई छ । चन्द्रगढी भेट्रान्स क्लबको आर्थिक व्यवस्थापनको पाटो कमजोर रहेकोले पनि क्लबले ११ वर्षपछि यस्तो प्रकारको कार्यक्रम गर्न लागेको क्लबका उपाध्यक्ष बिकी जैसवालले जानकारी दिए ।

महोत्सवमा रोटेपिङ्, नाउ, ड्रागन, चिल्ड्रेनपार्क जस्ता मनोरञ्जनात्मक खेलहरू रहने उनले बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने क्लबका उमेश तामाङले जानकारी दिए । महोत्सवमा २० वटा भन्दा माथि व्यापारका विभिन्न स्टल रहने उनको भनाई छ । स्टलहरूको लागि निर्माणाधीन जिपी भवनको भुईँ तलालाई प्रयोग गरिने जनाइएको छ । महोत्सवको उद्घाटन भद्रपुर क्रिकेट क्लबका अध्यक्ष तथा युवा उद्योगी आदित्य पराजुलीले गर्ने आयोजकले जनाएको छ ।

 

 

सम्बन्धित समाचार