२०८३ बैशाख ७ गते , सोमबार

हिन्दी भाषामा ‘परस्त्री’ को ट्रेलर सार्वजनिक

sajilo news
झापा
२०८० जेष्ठ २९ गते , सोमबार
हिन्दी भाषामा ‘परस्त्री’ को ट्रेलर सार्वजनिक

आगामी असार १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र  ‘परस्त्री’को हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको छ । दुई मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ ।

नेपालीसँगै हिन्दी भाषामा भारतका सिनेमा हलमासमेत प्रदर्शन हुनलागेको यो चलचित्रलाई सुरज पाण्डेले निर्देशन गर्नुभएको हो । शर्मिला पाण्डे चलचित्रकी निर्मात्री हुनुहुन्छ । दीपेन्द्र के खनालको लेखन रहेको चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ ।

डिएस डिजिटको व्यारमा निर्माण भएको चलचित्रको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ । चलचित्रमा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।
 

सम्बन्धित समाचार