२०८३ बैशाख १३ गते , आईतबार

एसइईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ

sajilo news
झापा
२०८० असार २० गते , बुधबार
एसइईको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ। बोर्डले एक/दुई दिनमै नतिजा प्रकाशनको तयारी गरेको छ।

प्राविधिक काम सकिएमा बुधवार नै परीक्षा बोर्डको बैठक बस्ने तयारी छ। बैठकले नतिजा  सार्वजनिक गर्नेबारे निर्णय गर्नेछ। बोर्डले कक्षा १० को यसअघिको जस्तै लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार प्रकाशित गर्ने तयारी गरेको छ।

एसइईको नतिजा वेबसाइट,एसएमएस र आईभीआरबाट प्रकाशित गर्ने बोर्डले जनाएको छ। नतिजा प्रकाशनका लागि पाँच वटा संस्थाले अनुमति पाएका छन्।

नेपाल टेलिकम,जानकी टेक्नोलोजी प्रालि,इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र क्रियसन सफ्ट नेपाल प्रालिले एसइईको नतिजा प्रकाशनका लागि अनुमति पाएका हुन्।

यस्तै १४ वटा वेबसाइटबाट पनि नतिजा हेर्न मिल्ने बोर्डले जनाएको छ। गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

सम्बन्धित समाचार