२०८३ बैशाख १३ गते , आईतबार

बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दो

sajilo news
झापा
२०८० असार २७ गते , बुधबार
बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दो

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-३ स्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण पछिल्लो समय बढ्दै गएको छ । होटेल म्यानेजमेन्ट विषयबाट कक्षा ११ र १२ पास आउटपछि होटेल तथा पर्यटकीय क्षेत्रमा रोजगारीको अवसर मिल्ने गरेकोले आदर्श स्कुलमा विद्यार्थीको आकर्षण बढ्न थालेको हो । 

कक्षा ११ र १२ होटेल म्यानेजमेन्ट अध्यापन विद्यार्थीले अन्य क्षेत्रमा काम नपाउने तथा अन्य विषय पढ्न नपाउने हल्ला चलेको भए पनि म्यानेजमेन्टको कुनै पनि विषयमा अध्ययन गर्न सक्ने आदर्श स्कुलका प्रबन्ध निर्देशक संजोग खरेलले बताए । 

होटेल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीका लागि व्यवस्थापन, सामाजिक र शिक्षण पेसा सङ्कायमा उच्च शिक्षा हासिल गर्न दर्बिलो आधार बन्ने उनको भनाई छ । कक्षा ११ र १२ अध्ययन सकिदासम्ममा नेपालको सिटीभिटी, मलेसियाको इटीभिए र क्यानडाको एसडिसीको सर्टिफिकेट पनि प्रदान गरिने उनले बताए । 

प्रबन्ध निर्देशक खरेलका अनुसार हाल कक्षा १२ मा एक सय ५६ जना विद्यार्थीहरू अध्ययनरत छन् भने कक्षा ११ का लागि भर्ना सुरु भएको छ । उक्त विषयमा कक्षा १२ पाससँगै स्कुलले होटेल तथा पर्यटन क्षेत्रको कुनै पनि क्षेत्रमा जागिरका लागि सहजीकरण गरिदिने भएकाले पनि होटेल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको शिक्षक नितेश साहले बताए । 

प्रयोगात्मक कक्षाका लागि चाहिने सम्पूर्ण होटेल म्यानेजमेन्टसँग सम्बन्धित विभागहरूका आ–आफ्ना प्रयोगशालाको व्यवस्था समेत रहेको शिक्षक साहले जानकारी दिए । बारिसता, बेकरी, २ वटा प्रयोगात्मक किचन, रेस्टुरेन्ट, हल, बार, हाउस किपिङलगायतका कक्षाका लागि प्रयोगात्मक सामाग्रीहरूसमेत उपलब्ध रहेको बताइएको छ ।  विद्यालयमा शिक्षक तथा कर्मचारी गरेर ३० जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको प्रबन्ध निर्देशक खरेलले जानकारी दिए । 

सम्बन्धित समाचार