२०८३ बैशाख ७ गते , सोमबार

आँखा पाक्ने राेगकाे प्रकाेप : बिर्तामोडका विद्यालय साेमबारसम्म बन्द

sajilo news
झापा
२०८० श्रावण १९ गते , शुक्रबार
आँखा पाक्ने राेगकाे प्रकाेप : बिर्तामोडका विद्यालय साेमबारसम्म बन्द

बिर्तामोड । आँखा पाक्ने रोगका कारण बिर्तामोडका विद्यालयहरु सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको छ ।
आँखा पाक्ने संक्रमणबाट धेरै विद्यार्थीहरु संक्रमित भएपछि बिर्तामोड नगर क्षेत्रका विद्यालयहरु आइतवार र सोमवार बन्द गर्ने नगरपालिकाले निर्णय गरेको हो ।
संक्रमण नभएका विद्यालयहरुको लागि विदा गर्नैपर्ने बाध्यता नराखिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताए ।

आँखा पाक्ने समस्या भएपछि संस्थागत विद्यालयका तर्फबाट नगर प्याव्सनले नगरपालिकामा गएर दुई दिन विद्यालय बन्द गर्न माग गरेको थियो । आँखा पाक्ने रोगका कारण बितामोडका केही विद्यालयहरुले आजदेखि नै पठनपाठन बन्द गरेका छन् ।

सम्बन्धित समाचार