२०८३ बैशाख ७ गते , सोमबार

आँखा पाक्ने रोगको प्रकोप : भद्रपुरका सबै विद्यालय बुधबारसम्म बन्द

sajilo news
झापा
२०८० श्रावण २२ गते , सोमबार
आँखा पाक्ने रोगको प्रकोप : भद्रपुरका सबै विद्यालय बुधबारसम्म बन्द

भद्रपुर । भद्रपुर नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय साउन २४ गते बुधबारसम्म बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने रोगको प्रकोप महामारीको रुपमा फैलिएसँगै नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आइतबार एक सूचना जारी गर्दै सबै विद्यालय बुधबारसम्म बन्द गर्ने जानकारी गराएको हो । 

सूचनामा भनिएको छ, आँखा पाक्ने रोगको संक्रमण फैलिँदा बालबालिकाहरू समस्या परेको अभिभावकहरूबाट गुनासो आएपछि नगरपालिकाले साउन २२ र २३ गते विद्यालय बन्द राख्ने र साउन २४ गते आदिवासी जनजाति दिवसको सार्वजनिक बिदा परेकोले बिहीबारदेखि नियमित विद्यालय सञ्चालन हुनेछ । आँखा पाक्ने रोगका कारण नगरपालिको यसअघि साउन १९ गतेदेखि साउन २२ गतेसम्म संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । 

सम्बन्धित समाचार