२०८३ बैशाख ७ गते , सोमबार
कक्षा १२ को परीक्षाफल साउनभित्रै प्रकाशन गरिने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भई रहेको जानकारी दिए । उनले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पारे । बोर्डले साउन भित्रमै परीक्षाफल प्रकाशन गरी सक्ने प्रतिबद्धता जनाएको छ । नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।