कक्षा १२ मा प्रज्ञा एकेडेमी र एसएस निकेतनको उत्कृष्ट नतिजा, प्रज्ञाका आयुस भद्रपुर टप
भद्रपुर । भद्रपुरका प्रज्ञा एकेडेमी र एसएस निकेतन अङ्ग्रेजी माविले भर्खरै प्रकाशित कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा ल्याएको छ । नगरका अन्य विद्यालय भन्दा यी दुई संस्थागत विद्यालयले उत्कृष्ट नतिजा ल्याएको हो । व्यवस्थापन सङ्कायतर्फ प्रज्ञा एकेडेमीका छात्रा आयुस दासले भद्रपुर टप गरेको दाबी गरिएको छ । दासले ३.७१ जीपीए ल्याएका छन् ।
त्यस्तै प्रज्ञाका छात्रा वन्दना मिश्रले ३.६१ जीपीए ल्याएकी छिन् । ३.२० देखि ३.६० जीपीए ल्याउनेमा प्रज्ञाका अभिषेक उप्रेती, एन्जल गिरी, चन्द्रा दाहाल, दीक्षा प्रधान, रितिक राजवंशी, निश्चल सुब्बा, प्रज्वल कार्की, प्रकृति मैनाली, रोमन सिग्देल, सौरभ राजवंशी, सृष्टि बञ्जरा रहेका छन् । प्रज्ञाबाट ५४ जना विद्यार्थी उर्तीण भएको प्रज्ञाका प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिए । त्यसैगरी एसएस निकेतनमा व्यवस्थापन सङ्कायतर्फ
छात्रा करुणा खतिवडाले उत्कृष्ट नतिजा ल्याएकी छिन् । खतिवडाले ३.६२ जीपीए ल्याएको विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले जानकारी दिए । ३.२० देखि ३.६० जीपीए ल्याउनेमा एसएसका दिव्या काफ्ले, झरना श्रेष्ठ, गणेश वन, नागेश्वरी कामती, सृष्टि देउजा र प्रियङ्का जयसवाल रहेका छन् । २.८० देखि ३.२० जीपीए ल्याउने १८ जना, २.४० देखि २.८० जीपीए ल्याउने १४ जना र २ देखि २.४० जीपीए ल्याउने ७ जना विद्यार्थी रहेको प्रिन्सिपल श्रेष्ठले बताए ।