२०८३ बैशाख ७ गते , सोमबार

कक्षा १२ को नतिजा : लक्ष्मी मावि बनियानीका छात्र गौरव कचनकवल टप

sajilo news
आर.के. काजी
२०८० भाद्र १ गते , शुक्रबार
कक्षा १२ को नतिजा : लक्ष्मी मावि बनियानीका छात्र गौरव कचनकवल टप

बनियानी । कचनकवल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयतर्फ लक्ष्मी मावि बनियानीले भर्खरै प्रकाशित कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा ल्याएको छ । गाउँपालिकाका अन्य सामुदायिक विद्यालय भन्दा लक्ष्मी माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएको हो ।

व्यवस्थापन सङ्कायतर्फका छात्र गौरव आचार्यले कचनकवल टप गरेको दाबी गरिएको छ । कचनकवल टप थ्रीमा गौरव आचार्यले ३.५४ जीपीए, लक्ष्मीप्रसाद देवकोटा माविका छात्रा हिमानी राजवंशी ३.५२ जीपीए र पथरिया माविका छात्र अजय राजवंशीले ३.४४ जीपीए ल्याएका छन् ।

त्यस्तै लक्ष्मी माविमा राहुल राजवंशी ३.४३ जीपीए, प्रदीप ढकाल ३.३३ जीपीए, कृष्ण न्यौपाने ३.३० जीपीए र बृजमोहन शाह ३.१० जीपीए रहेका छन् । लक्ष्मी माविबाट २६ जना विद्यार्थी उत्तीर्ण भएको लक्ष्मी माविका प्रधानाध्यापक राजु बुढाथोकीले जानकारी दिए । 

सम्बन्धित समाचार