हल्दिबारीका माविकी छात्रा करुणा पालिका उत्कृष्ट
हल्दिबारी । हल्दिबारी –२ स्थित हल्दिबारी माविकी छात्रा करुणा विश्वकर्माले माध्यमिक तह कक्षा १२ को परीक्षामा पालिकाकै उत्कृष्ट अङ्कका साथ प्रथम भएको दाबी गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको परीक्षा फल अनुसार विश्वकर्माले कक्षा १२ को परीक्षामा ३.७१ अङ्कका प्राप्त गरी पालिका प्रथम भएको प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनले दाबी गरेका हुन् ।
व्यवस्थापन सङ्कायमा अध्ययनरत विश्वकर्माले हल्दिवारी गाउँपालिका भित्र सञ्चालनमा रहेका माध्यमिक विद्यालयका विद्यार्थी सबैलाई उछिनेर प्रथम भएको विद्यालयको दाबी रहेको छ ।
कक्षा १२ सम्म अध्ययन गर्दा विश्वकर्मा लगनशील र मेहनती भएकाले परीक्षा परिणाम राम्रो आएको प्रधानाध्यापक पाख्रिनको भनाइ छ ।यता उत्कृष्ट विद्यार्थी करुणा सरकारी विद्यालय भए पनि पठनपाठनमा राम्रो वातावरण पाएकाले राम्रो परिणाम ल्याउने अवसर मिलेको बताउँछिन् ।