२०८३ बैशाख ३० गते , बुधबार

भारतको झारखण्डमा भारी वर्षा, आठ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० आश्विन १६ गते , मंगलबार
भारतको झारखण्डमा भारी वर्षा, आठ जनाको मृत्यु

भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठजनाको मृत्यु भएको छ। क्षेत्रीय विपद् व्यवस्थापन निकायले भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएको जनाएको छ।

झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ। अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडक डुबानमा परेका छन् र नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीले बताए। भारतीय मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारतका केही स्थानमा भारी वर्षा जारी रहने जनाएको छ।

 

सम्बन्धित समाचार