२०८३ बैशाख ७ गते , सोमबार

इलाममा चिया प्रविधिको पढाइ सुरु

sajilo news
झापा
२०८० मंसीर १६ गते , शनिबार
इलाममा चिया प्रविधिको पढाइ सुरु

नेपालमा चिया रोपण सुरु भएको १६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । प्रमुख निर्यातयोग्य वस्तु मानिएको नेपाली चियाको क्षेत्रमा यो विषयको अध्ययन अध्यापन निकै महत्त्वपूर्ण मानिएको छ ।

अहिलेसम्म भारत र अन्य मुलुकमा गएर सिकेको सिपका भरमा नेपालीले तयारी चिया बनाउने गरेका छन् । यस वर्ष भने नेपालमै चिया प्राविधिकको पढाइ सुरु गरिएको इलामको साँखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयका प्रमुख दीपक खनालले बताए । खनालका अनुसार देशभरका ४० विद्यार्थीले पहिलो पटक यो शिक्षालयमा चिया प्रविधि पढ्दै छन् ।

चिया प्रविधि प्री डिप्लोमा तह ९अप्रेन्टिसिप मोडालिटी० मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सुरु गरिएको शिक्षालयका प्रमुख खनाल बताउछन् । चिया प्रविधि पढाइका लागि दुईवर्षे पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको थियो ।

“यो शिक्षामा विद्यार्थीले पहिलो तीन महिना शिक्षालयमा अध्ययन गर्ने छन् । त्यसपछि उद्योगहरूमा चिया प्रविधि सिकाइको अभ्यास हुने छ,” प्रमुख खनालले भने, “यो पढाइमा ८० प्रतिशत चिया कारखानामा अभ्यास र २० प्रतिशत शिक्षालयमा पढाइ हुने छ ।”

सम्बन्धित समाचार