२०८३ बैशाख ७ गते , सोमबार

झापाली समाज युएईद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण 

sajilo news
झापा
२०८० मंसीर १७ गते , आईतबार
झापाली समाज युएईद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण 

झापाली समाज युएईको नयाँ सोच गरिब असहाय र बालबालिकाको लागि अक्षयकोष भन्ने मूल नारासहित छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

कनकाई नगरपालिका ३ स्थित झापाली समाज युएई नेपाल सम्पर्क समितिको कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमका छात्रवृत्ति वितरण गरिएको थियो । छात्रवृत्ति पाउने विद्यार्थीहरूमा बिर्तामोडबाट दीपक बुढाथोकी , झापा गाउँपालिकाबाट निरुता टुडु , हल्दिबारीबाट  जेनिशा परियार , शिवसताक्षीबाट उर्मिला बेगा, भद्रपुरबाट सग्खर ऋषिदेव, बाह्रदशीबाट विष्णुमाया लिम्बू , कचनकवलबाट पुष्कर कार्की, मेचीनगरबाट लीला बुढाथोकी रहेका छन् ।

उनीहरूलाई छात्रवृत्ति बापतको रकम वितरण गरिएको थियो। झापालि समाज युएई सम्पर्क समितिका अध्यक्ष राजेन्द्र कुमार दाहालको अध्यक्षता तथा कनकाई नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष युवराज चौलागाईं प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य माथि समितिका सल्लाहकार संयोजक प्रदीपकुमार सङ्ग्रौलाले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मित्रलाल पोख्रेलले गरेका थिए । 

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत झापालीहरूको सामाजिक संस्था झापालि समाज युएईको स्थापना २०७२ सालमा भएको थियो । 

सम्बन्धित समाचार