२०८३ बैशाख ७ गते , सोमबार
वीरेन्द्र माविका ५० जना विद्यार्थीलाई न्यानो कपडा
भद्रपुर । रुद्र-गौरी-अम्बिका प्रतिष्ठानले भद्रपुर- ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका ५० जना छात्रछात्रालाई जाडोको न्यानो कपडा सहित जुत्ता मोजा प्रदान गरेको छ ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष गङ्गाप्रसाद ओलीको नेतृत्वमा प्रतिष्ठाले अति विपन्न ५० जना विद्यार्थीलाई जाडोबाट बचाउन न्यानो कपडा सहित जुत्ता मोजा प्रदान गरेको हो ।
वीरेन्द्र माविका प्रधान अध्यापक खिलाराज कोइरालाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी लगायतको उपस्थिति रहेको थियो ।