२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुर मारवाडी युवा मञ्चद्धारा शैक्षिक सामाग्री वितरण

sajilo news
झापा
२०८० पौष १९ गते , विहीबार
भद्रपुर मारवाडी युवा मञ्चद्धारा शैक्षिक सामाग्री वितरण

भद्रपुर । भद्रपुर मारवाडी युवा मञ्चले गौतम बुद्ध प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । १३ औं मारवाडी युवा दिवसको अवसरमा मञ्चले विद्यालयका १७५ जना विद्यार्थीलाई बिहीबार एक कार्यक्रमका बीच  शैक्षिक सामाग्री वितरण गरेको हो ।

मञ्चका अध्यक्ष मोहित शर्माको अध्यक्षतामा तथा भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर मारवाडी संघका पूर्वअधय्क्ष सत्यनारायण तायल,  विद्यालयकी प्रधानाध्यापक शोभा गुरुङ, वडा सदस्यहरू जेष्ठमल ठाकुर, ललिता ठाकुर, मञ्चका निवर्तमान अध्यक्ष दीपक अग्रवाल, मञ्चका उपाध्यक्ष अविनाश नाहाटा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार