२०८३ बैशाख ७ गते , सोमबार

भौतिकी अभियानको सौन्दर्यमा आधारित अन्तरक्रिया सम्पन्न

sajilo news
रेवतीराज घिमिरे
२०८० पौष २५ गते , बुधबार
भौतिकी अभियानको सौन्दर्यमा आधारित अन्तरक्रिया सम्पन्न

भद्रपुर । भद्रपुरस्थित चन्द्रगढीमा विज्ञानसँग सम्बन्धी भौतिकी अभियानको सौन्दर्यमा आधारित एक दिने अन्तरक्रिया सम्पन्न गरिएको  छ ।

भद्रपुर- ५ स्थित सिद्धार्थ शिशु सदनको आयोजना भएको कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले गरेका थिए । उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले विज्ञानमा जिज्ञासा राख्ने विद्यार्थीहरूलाई यस्ता कार्यक्रमले थप सहयोग पुग्ने बताए ।

उनले भद्रपुरका इन्जिनियर आरिफ अलि लगायतको टिमले ल्याएको गुरुत्वाकर्षण सम्बन्धी अवधारणाको बारेमा समेत प्रशंसा गरे ।  कार्यक्रममा अन्तर्राष्ट्रिय युवा सम्मेलनका निर्देशक युगान्डाका मि मोसेस् बगैरे ब्लेसिङ, विद्यालयका पूर्व विद्यार्थी ईन्जिनियरहरु आरिफ अलि र ईमरान अलि तथा खोजकर्ता दिव्यराज सापकोटाले सहजिकरण गरेका थिए । 

कार्यक्रममा नगरभित्रका ६ वटा निजी विद्यालयका कक्षा ७, ८, ९ र  १० का विद्यार्थीहरूको सहभागिता रहेको थियो । संस्थापक प्रिन्सिपल श्याम देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन च्यवनमणि पोखरेलले र स्वागत मन्तव्य विद्यालयका प्रबन्ध निर्देशक प्रकाश भण्डारीले गरेका थिए । 

सम्बन्धित समाचार