२०८३ बैशाख १५ गते , मंगलबार

आज पौसे औँसी अर्थात् तीर्थमा श्राद्ध गर्ने दिन

sajilo news
झापा
२०८० पौष २६ गते , विहीबार
आज पौसे औँसी अर्थात् तीर्थमा श्राद्ध गर्ने दिन

पौष कृष्ण औँसी अर्थात् पौसे औँसी। तीर्थमा श्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ।  यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृहरूलाई तर्पण, श्राद्ध गर्ने चलन छ। काठमाडौंको गोकर्ण, उत्तरगया र रसुवाको वेत्रावतीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको घुइँचो लाग्छ। 

तीर्थस्थलमा पुगेर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्डदान गर्ने परम्परा छ। पुराणहरूमा वर्षा र हिउँदका औँसीमा तीर्थमा पुगेर श्राद्ध गर्ने विधान बताइएको छ। भदौ र पुसको औँसी तिथिमा गोकर्णेश्वर महादेव नजिकै पिण्ड दिए पितृहरूको उद्धार हुने नेपाल माहत्म्यमा उल्लेख छ। 

यी औँसीमा तीर्थमा श्राद्ध गर्नाले पितृकुल, मातृकुल र बन्धुकुलका पितृहरूको उद्धार हुने शास्त्रमा बताइएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।

सम्बन्धित समाचार