२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुरमा डिजिटल शैक्षिक सामग्री निर्माणका लागि शिक्षकलाई तालिम

sajilo news
झापा
२०८० माघ ३ गते , बुधबार
भद्रपुरमा डिजिटल शैक्षिक सामग्री निर्माणका लागि शिक्षकलाई तालिम

भद्रपुर । भद्रपुर नगरपालिकाका शिक्षकहरूका लागि पेसागत क्षमता विकास कार्यक्रम अन्तरगत डिजिटल शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला शुरु भएको छ । शिक्षा शाखाको हलमा सञ्चालित ५ दिने कार्यशालामा ३० दिनसम्म अनलाइन र पुनः दुई दिन सिकाइ सामग्री प्रस्तुतीकरण गर्ने गरी कार्यशाला सुरु गरिएको हो ।

३१ वटा सामुदायिक विद्यालयका ३१ जना शिक्षकले तालिममा सहभागिता जनाएका छन् । ती शिक्षकहरूले अघिल्लो वर्ष सञ्चालित आधारभूत कम्प्युटरको तालिम लिइसकेका छन् । एक विद्यालयमा एक जना आइटी श्रोत व्यक्ति तयार गर्ने गरी नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए । प्रविधिमैत्री कक्षा कोठा निर्माण गर्ने उद्देश्यका साथ सिकाइमा प्रविधिको उपयोग गर्न यस तालिम आवश्यक रहेको उनको भनाई छ । 

सामुदायिक विद्यालयहरूमा स्मार्ट बोर्ड र प्रोजेक्टरको सहायतामा पाठ्यपुस्तकका विषयवस्तुलाई विद्यार्थीहरूमाझ प्रभावकारी रुपमा बुझाउन डिजिटल शैक्षिक सामग्रीको आवश्यकता पर्दछ । जसका लागि यो तालिम महत्त्वपूर्ण रहेको उनको भनाई छ । मंगलबारबाट शुरु भएको तालिम शिक्षा शाखाका प्रेमबहादुर भुजेलको अध्यक्षता र नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

सम्बन्धित समाचार