२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुरका ८ सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क कोचिङ

sajilo news
झापा
२०८० माघ ४ गते , विहीबार
भद्रपुरका ८ सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क कोचिङ

भद्रपुर नगरपालिकाले पहिलो पटक सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि निःशुल्क कोचिङ कक्षा शुरु गरेको छ । भद्रपुर नगरपालिका भित्रका ८ वटा सामुदायिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि गणित र विज्ञान विषयमा कोचिङ कक्षा शुरु गरिएको हो ।

हरेक वर्ष हुने एसइईमा धेरै विद्यार्थीहरू विज्ञान र गणित विषयमा फेल हुने भएका कारण यी दुई विषयमा विद्यार्थीको क्षमता विकास गरी नतिजा सुधार ल्याउन कोचिङ कार्यक्रम सञ्चालन गरिएको शिक्षा शाखाले जनाएको छ ।  ८ वटा सामुदायिक विद्यालयका करिब ६ सय विद्यार्थी यसबाट लाभान्वित हुने छन् ।

विद्यालयको समय बाहेक अतिरिक्त २ घण्टा  कोचिङ कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । कोचिङ कार्यक्रम सञ्चालन हुने विद्यालयहरूमा वीरेन्द्र मावि, पुहाँतु जनज्योति मावि, हिमाली मावि, सगरमाथा मावि, सरस्वती मावि, अरनिको मावि, चन्द्रभानु ज्योति मावि र भद्रपुर मावि रहेका छन् ।

सम्बन्धित समाचार