२०८३ बैशाख १० गते , विहीबार

यौनको सुरुवात स्पर्श र प्रेम

sajilo news
एजेन्सी
२०८० माघ ६ गते , शनिबार
यौनको सुरुवात स्पर्श र प्रेम

दार्शनिक सन्दर्भमा, प्रेम एक जीवात्मा प्रतिको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अरूप्रतिको करुणामा आधारित रूपमा वर्णन गरिन्छ । भनिन्छ : माया सागर जस्तै गहिरो, झरना जस्तै चञ्चल अनि समुद्रको पानी जस्तै कञ्चन छ ।

प्रेम आफैँमा रहस्यमय भावना हो । हामी आफू प्रेममा पर्दा त्यसलाई अनुभूति गर्न सक्छौँ, तर प्रेम के हो कसैले भन्न सक्दैन । प्रेम त भावनाको सँगालो हो । यो चमत्कारिक भाव हो । प्रेम अस्थायी वा स्थायी लत हो । प्रेम कहिलेकाहीँ आफूभन्दा अरूलाई विश्वास गर्नु पनि हो । यो प्रेममा वासना लुकेको हुन्छ । जुन प्रेममा वासना हुन्छ त्यस्ता बिस्तारै विष घोलिन सक्छ जसले सुन्दर जीवन नष्ट गरिदिन सक्छ । कहिलेकाहीँ यो प्रेम दोहोरो भएर सम्बन्धमा पनि परिणत हुने गर्दछ तर लामो टिकाउ कम नै देखिन्छ ।

प्रेम शब्द आफैँमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरूको जमात मात्रै होइन । वास्तवमा, स–सर्त प्रेम र नि–सर्त प्रेम भन्ने त्यस्तो केही हुँदैन । कुरा यत्ति हो कि त्यहाँ सर्तहरू हुन्छन् र त्यहाँ प्रेम हुन्छ । जुन क्षण त्यहाँ सर्त हुन्छ, त्यो लेनदेन जस्तै भइदिन्छ । त्यो सुविधाजनक लेनदेन हुन सक्छ वा राम्रो व्यवस्था हुन सक्छ—सायद थुप्रै मानिसहरूले जीवनमा उत्कृष्ट व्यवस्था गरेका हुन सक्छन्— तर, त्यसले तपाईँलाई तृप्त बनाउँदैन, त्यसले तपाईँलाई अर्को आयाममा पुऱ्याउँदैन । त्यो सुविधाजनक मात्र हुन्छ ।

दार्शनिक प्लेटोका अनुसार हामी आफूलाई पूर्ण बनाउन प्रेम गर्छौँ । प्रेमलाई केही दार्शनिक आफूभित्रको एकान्तपनको उन्मुक्तिको रूपमा पनि व्याख्या गर्छन् । प्रेम आफैँलाई आफ्नो दायरा बाहिर लाने प्रक्रिया पनि मानिन्छ । प्रेम मानव इतिहासमा सबैभन्दा बढी व्याख्या अनि बहस गरिएको विषय हो । दार्शनिक, न्युरो बायोलोजिस्ट, मनोविज्ञान, कवि, लेखक सबले प्रेमलाई व्याख्या गर्ने प्रयास गरेका छन्, तर प्रेमको रहस्य कसैले सुल्झाउन सकेको छैन । त्यसैले प्रेम भनेको यही हो भनेर भन्न कसैले सक्दैन ।

प्रेम प्राणी जगतमा मात्रै नभएर वनस्पति जगतमा पनि हुन्छ । फूलहरू फुलेर आफ्नो सुन्दरता हाम्रो आँखालाई प्रदान गर्दै आफू सुकेर अनि खसेर जान्छन्, अरू भिन्न भिन्न बिरुवाहरूले पनि हामीलाई फलफूलहरू प्रदान गर्छन् यो पनि एक प्रकारको प्रेम नै हो ।

स्पर्श

स्पर्श भन्नाले शारीरिक स्पर्श हो । स्पर्शले मानिसलाई प्रेम र सान्त्वनाको आभास दिन्छ । स्पर्शले सम्बन्ध र निकटता पनि जनाउँछ । त्यसैले मानव संवेदनामा स्पर्श एउटा वाञ्छनीय तत्त्व हो । यौनको सुरुवात स्पर्शबाट हुन्छ ।  महिलाहरू मानसिक वा शारीरिक तनावमा रहँदा केश सुमसुम्याइदिँदा तनाव कम भएको महसुस गर्छन् ।

स्पर्शले मात्रै पनि स्त्री–पुरुष दुवै उत्तेजनाको अनुभव गर्न थाल्छन् । सेक्स विशेषज्ञका अनुसार सही तरिकासँग गरिएको स्पर्शले स्त्रीलाई सन्तुष्टि दिन्छ । यौन क्रियाभन्दा पहिले स्त्रीलाई विशेष रूपले गरिएको स्पर्श उसलाई सेक्सको चरम आनन्दको अनुभव प्राप्त हुन्छ । सेक्सका लागि केवल उत्साहित र उत्तेजित मात्र हुनुहुँदैन ।

चुम्बन

यौनलाई एक कलाकै रूपमा पेस गरेको छ। मान्छेका विभिन्न कला जस्तै यौनकला पनि एउटा महत्त्वपूर्ण पाटो हो। यौन क्रियामा आलिंगान, चुम्बन, स्पर्श, दाँत र नङको प्रयोग, यौनांगको स्पर्श आदि सामेल छन्। जसले यौन क्रियालाई चरम सुखसम्म पुर्‍याउन सहयोग गर्दछ । आलिङ्गन, चुम्बन, सम्भोग कला, मुख मैथुन, प्राकक्रिडा जस्ता कुराले जोडीलाई यौन सुख प्राप्त हुन्छ ।

 

सम्बन्धित समाचार