२०८३ बैशाख १५ गते , मंगलबार

अयोध्याको राम मन्दिर प्राण प्रतिष्ठाको अवसरमा अर्जुनधाराधाममा विशेष कार्यक्रम

sajilo news
झापा
२०८० माघ ७ गते , आईतबार
अयोध्याको राम मन्दिर प्राण प्रतिष्ठाको अवसरमा अर्जुनधाराधाममा विशेष कार्यक्रम

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा यही माघ ८ गते सोमबार विशेष कार्यक्रम हुने भएको छ ।

छिमेकी मुलुक भारतको अयोध्यास्थित राम जन्मभूमिमा जनवरी २२ तारिखका दिन हुने नवनिर्मित राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठा समारोहको अवसरमा उक्त विशेष कार्यक्रमको आयोजना गरिएको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले बताए ।

सो दिन बिहान ११ बजेदेखि समुद्घाटन एवम् प्राण प्रतिष्ठा समारोहलाई एलइडीमार्फत् प्रदर्शन, मध्यान्ह १२ बजे भव्य शृङ्गार आरती र साँझ ५ बजे दीपमालिकासहित भजनकिर्तन लगायतका कार्यक्रमहरू हुने धाम व्यवस्थापन समितिद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी उक्त कार्यक्रममा सहभागी हुने महानुभावलाई प्रत्येक घरबाट पाँच÷पाँच वटा बत्तीसँगै शृङ्गार आरती ल्याउन समितिले सूचनामार्फत अनुरोध गरेको छ । उक्त विशेष कार्यक्रमको लागि धामको मूल मन्दिर अगाडि आकर्षक शैलीमा ‘जय श्री राम’ बनाइएको छ ।

सम्बन्धित समाचार