२०८३ बैशाख १० गते , विहीबार

भद्रपुरस्थित मेची पुलबाट गगन थापाको ‘संवाद यात्रा’

sajilo news
झापा
२०८० माघ १० गते , बुधबार
भद्रपुरस्थित मेची पुलबाट गगन थापाको ‘संवाद यात्रा’

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा ‘संवाद यात्रा’मा निस्कने भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापा संवाद यात्रा लिएर वडा तहसम्म पुग्न लागेका हुन् ।“संवाद यात्रा । अब तपाईँसँग मेरो भेट तपाईँकै गाउँमा, तपाईँकै ठाउँमा,” उनले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।

थापाले 'समुदायसँग काँग्रेस' अभियानको अवसरमा संवाद यात्रा गर्ने तयारी भएको बताए । उनका अनुसार संवाद यात्रा माघ १३ गते झापाको भद्रपुर–५ मेची पुलबाट सुरु हुने छ ।“समुदायमा काँग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नम्बर ५ मेची पुल भन्सारबाट तपाईँसँगको संवाद यात्रामा हुने छु,” उनले भने ।

कांग्रेसले पहिलो चरणको समुदायमा काँग्रेस अभियान अन्तर्गत माघ २६ सम्मको कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । दोस्रो चरणको कार्यक्रम पार्टी महासमिति बैठकपछि हुने कांग्रेसले जानकारी दिएको छ । पार्टीले पाँच महत्त्वपूर्ण उद्देश्य राखेर अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

सम्बन्धित समाचार