२०८३ बैशाख १० गते , विहीबार

कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

sajilo news
झापा
२०८० माघ ११ गते , विहीबार
कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

कोशीमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदबार कृष्णप्रसाद सिटौला विजयी भएका छन्।  बिहीबार सम्पन्न मतगणनाअनुसार सिटौलाले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् ।

सत्तारूढ गठबन्धनका सिटौलाले ५ हजार २९२ मत प्राप्त गरे। एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले भने ४ हजार ५६२ मत ल्याए । उनीहरूबीच ७३० को मतान्तर रह्यो । 

यसैगरी,महिलातर्फ नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन् ।  उनले नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराएकी हुन् ।

सम्बन्धित समाचार