२०८३ बैशाख १० गते , विहीबार
साना किसान सहकारीको शिविरमा ४१५ जनाको आँखा परीक्षण
साना किसान कृषि सहकारी संस्था सिमराले एक दिने निःशुल्क आँखा शिविरमा ४१५ जनाको परीक्षण गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा किरण आँखा अस्पताल वीरगन्जको संयुक्त आयोजनमा सम्पन्न शिविरमा ५५ जनामा मोतीबिन्दु देखिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले यस्ता कार्यक्रमहरूले समाजका निम्न वर्गकाको लागि धेरै राहत पुगेको बताए ।
शिविरमा वृद्धवृद्धा सहित बालबालिकाहरू समेत आँखा जाँच गरेको संस्थाका अध्यक्ष कमलाकुमारी रिमालले जानकारी दिइन । संस्थाले वर्षमा समाजलाई सहयोग पुग्ने यस्ता विभिन्न परोपकारी कार्यक्रमहरू गरिरहेको उनले बताए ।