२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुरमा संस्कारयुक्त शिक्षाका लागि शिक्षकलाई प्रशिक्षण दिइने

sajilo news
झापा
२०८० फाल्गुन २४ गते , विहीबार
भद्रपुरमा संस्कारयुक्त शिक्षाका लागि शिक्षकलाई प्रशिक्षण दिइने

भद्रपुर । विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिने उद्देश्यले झापामै पहिलो पटक शिक्षकलाई प्रशिक्षण दिइने भएको छ । संस्कारयुक्त शिक्षा प्रवर्धन समिति भद्रपुरको आयोजनामा ‘संस्कारयुक्त शिक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ भोलि बिहीबार संस्थागत विद्यालयका करिब तीन सय शिक्षकलाई  प्रशिक्षण दिन लागिएको हो । 

उत्प्रेरक वक्ता डा. रवीन कटुवालले प्रशिक्षण दिने कार्यक्रममा भद्रपुरको प्रज्ञा एकाडेमी, विभूति विद्या मन्दिर, नेशनल मेरिगोल्ड इङ्ग्लिस स्कुल, आदर्श नमुना इङ्ग्लिस स्कुल, इष्ट पोइन्ट इङ्ग्लिस स्कुल, ग्रीनफिल्ड इङ्ग्लिस स्कुल, होलिल्याण्ड इङ्ग्लिस स्कुलका शिक्षकहरूको अनिवार्य सहभागिता रहने समितिका सदस्य इशुभ पाण्डेले जानकारी दिए । प्रशिक्षण बिहीबार बिहान ११ बजे भद्रपुर ६ स्थित कृष्णराज कम्प्लेक्सको हलमा हुँदैछ ।

प्रशिक्षण पछि पश्चात् शिक्षकहरूले आफूले अध्यापन गराउने विद्यालयका विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिन प्रदान गरिने कार्यक्रमको उद्देश्य रहेको उनले बताए । विद्यार्थीहरूले आफूले मान्ने धार्मिक तथा सांस्कृतिक रीतिरिवाज लोप हुँदै गइरहेको बताउँदै उनले भने, 'त्यसलाई जोगाइ राख्न विद्यार्थीलाई संस्कारयुक्त शिक्षा आजको आवश्यक हो ।' सो कार्यक्रममा भद्रपुरका सबै निजी तथा सामुदायिक विद्यालयका प्रअहरुसहित पालिका बाहिरका पनि सहभागी हुने उनको भनाई छ । 

 

सम्बन्धित समाचार