२०८३ बैशाख १० गते , विहीबार

प्रचण्ड नेतृत्वको सरकार विस्तार, रघुवीर पूर्वाधार, रवि गृहमन्त्री

sajilo news
झापा
२०८० फाल्गुन २४ गते , विहीबार
प्रचण्ड नेतृत्वको सरकार विस्तार, रघुवीर पूर्वाधार, रवि गृहमन्त्री

झापा ।  सत्ता समीकरण बदलिएसँगै बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍ विस्तार भएको छ।  उक्त मन्त्रिपरिषद्‍मा आज १६ मन्त्री थपिएका छन्। थपिएका मन्त्रीहरूमध्ये उपस्थित भएकाहरूलाई शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।

नेकपा एमालेका रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीलाई कानुन, हरि उप्रेतीलाई रक्षा, भगवति चौधरीलाई महिला बालबालिका, राजेन्द्र राईलाई खानेपानी, दामोदर भण्डारीलाई उद्योग, ज्वालाकुमारी साहलाई कृषि, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

यस्तै माओवादी केन्द्रका नरायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्तिबहादुर बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

रास्वपाका रवि लामिछानेलाई उपप्रधान तथा गृह, डीपी अर्याललाई श्रम, विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय दिइएको छ।

हिजो विनाविभागीय मन्त्रीको सपथ खाएका रास्वपाका डिपी अर्याल, एमालेका पदम गिरी र माओवादीका हितबहादुर तामाङलाई पनि आज मन्त्रालयको जिम्मेवारी दिइएको हो। 

यस्तै एकीकृत समाजवादीका भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्री बनाइएको छ। थाहाखबरबाट 

सम्बन्धित समाचार