२०८३ बैशाख ७ गते , सोमबार

जेहेन्दार विद्यार्थी उत्पादन गर्दै आदर्श स्कुल बिर्तामोड, सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई छात्रवृति दिइने

sajilo news
झापा
२०८० फाल्गुन २६ गते , शनिबार
जेहेन्दार विद्यार्थी उत्पादन गर्दै आदर्श स्कुल बिर्तामोड, सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई छात्रवृति दिइने

बिर्तामोड । झापाको बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्ट शिक्षा क्षेत्रमा स्थापित हुँदै गएको छ। २०७३ सालमा स्थापित यस आदर्श स्कुलले कक्षा ११ र १२ मा व्यवस्थापनतर्फ होटेल व्यवस्थापन र बिजनेस स्टडिज विषय अध्यापन गरी जेहेन्दार विद्यार्थी उत्पादन गर्दै आइरहेको छ ।  

शिक्षा व्यवसायी सन्जोग खरेल निर्देशक रहेको यस आदर्श स्कुलले सुरुवातमा दुई वटा कक्षामा ८० जना विद्यार्थीबाट अध्यापन थालेको थियो । हाल कक्षा ११ र १२ मा ३८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । होटेल व्यवस्थापनको अत्याधुनिक प्राटिकल ल्याबबाट अध्यापन गराउने आदर्शमा अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास, विज्ञहरूबाट विशेष सिकाइ तथा छात्रछात्रा तर्फ भलिबल, क्रिकेट तथा फुटबल खेलाडी समेत उत्पादन गराउँदै आएको छ  । यहाँका विद्यार्थीहरूले हिसान, प्यावसन, राष्ट्रपति कप समेत जित्दै आएको छ । पढाइतर्फ विषयगत विज्ञ र युवा उमेरका शिक्षकहरू रहेको यस आदर्श स्कुलले विद्यार्थीहरूलाई चौतर्फी विकासमा सहयोग पुर्याउँदै आएको निर्देशक खरेलले बताए । 

आगामी शैक्षिक सत्रबाट आदिवासीतर्फ सन्थाल र राजवंशी समुदायका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम ल्याउन लागेको उनको भनाई छ । जस अन्तर्गत जेहेन्दार र खेलकुद विधामा छात्रवृत्ति दिइने छ । छात्रवृत्तिमा आदिवासी विद्यार्थीतर्फ दुई जनालाई शतप्रतिशत र अन्य २ जनालाई पचास प्रतिशत छुट दिइने जनाइएको छ । 

सम्बन्धित समाचार