२०८३ बैशाख १० गते , विहीबार

राष्ट्रियसभाका अध्यक्ष निर्वाचित दाहालद्वारा पदभार ग्रहण

sajilo news
झापा
२०८० फाल्गुन २९ गते , मंगलबार
राष्ट्रियसभाका अध्यक्ष निर्वाचित दाहालद्वारा पदभार ग्रहण

नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले पदभार ग्रहण गरेका छन्। मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएपछि उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्। सिंहदरबारमा उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद सचिवालयमा महासचिवलगायत कर्मचारीहरूले स्वागत गरेका थिए। 

पदभारका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्था अनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरे। सो क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै महत्वपूर्ण विधेयकलाई अघि बढाउनका लागि सबै दलहरूलाई साथमा लिएर अघि बढ्ने उनले बताए। त्यस्तै संविधान कार्यान्वयनका लागि बन्न बाँकी ऐन कानुनहरूको निर्माणलाई पनि गम्भीरताका साथ लिने उनले बताए। 

मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे । त्यस्तै शर्माले १७ मत प्राप्त गरे ।

अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत पाए । त्यस्तै राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले पनि दाहाललाई मत दिएका छन् ।

त्यस्तै राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन् । कांग्रेसले आफ्नोबाहेक लोसपाको १ मत पाएको छ । बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए । 

सम्बन्धित समाचार