२०८३ बैशाख १० गते , विहीबार

इलाम–२ उपनिर्वाचन : मिलन लिम्बुले गरे स्वतन्त्र उम्मेदवारी दिने घोषणा

sajilo news
झापा
२०८० चैत्र ४ गते , आईतबार
इलाम–२ उपनिर्वाचन : मिलन लिम्बुले गरे स्वतन्त्र उम्मेदवारी दिने घोषणा

मिलन लिम्बुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। 

सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन्।  

उम्मेदवारी घोषणा गर्दै लिम्बुले अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए। राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लड्ने उनले बताए। 

विकास र समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग गरेको उम्मेदवार लिम्बुको आरोप छ।

सम्बन्धित समाचार