२०८३ बैशाख ३० गते , बुधबार

इजरायली आक्रमणबाट हमास नेता इस्माइलका तीन छोरा मारिए

sajilo news
एजेन्सी
२०८० चैत्र २९ गते , विहीबार
इजरायली आक्रमणबाट हमास नेता इस्माइलका तीन छोरा मारिए

उत्तरी गाजामा इजरायलको हवाइ आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोरा मारिएका छन्। इजरायलले मुस्लिमहरूको ईद उल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजना मारिएका हुन्।​ हानियाले आफ्ना छोरा हाजेम, आमिर र मोहम्मदका साथै केही नातिनातिनाहरूको मृत्यु भएको पुष्टि गरेका छन्।

सती शरणार्थी शिविरमा इद मनाउन आफन्तलाई भेट्न गएको बेला उनीहरूलाई निशाना बनाइएको उनको भनाइ छ। ​ हानियाका अनुसार भतिजीसहित परिवारका करिब ६० सदस्य युद्ध सुरु भएदेखि मारिएका छन्।

सम्बन्धित समाचार