२०८३ बैशाख ७ गते , सोमबार

शारदा–सुदर्शन फाउन्डेसनद्वारा हिमाली माविका विद्यार्थीलाई स्कुल ब्याग वितरण

sajilo news
झापा
२०८१ बैशाख १२ गते , बुधबार
शारदा–सुदर्शन फाउन्डेसनद्वारा हिमाली माविका विद्यार्थीलाई स्कुल ब्याग वितरण

भद्रपुर । भद्रपुर–१ स्थित हिमाली मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको छ । शारदा–सुदर्शन देवकोटा फाउन्डेसन काठमाडौँले शारदा स्मृति विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तरगत हिमाली माविका ८० जना विद्यार्थीहरूलाई बुधबार एक कार्यक्रमका बीच स्कुल ब्याग वितरण गरेको हो ।

भर्खरै कक्षा ९ बाट कक्षा १० मा उर्तीण भएका विद्यार्थीहरूको प्रोत्साहनका लागि स्कुल ब्याग वितरण गरिएको फाउन्डेसनकी अध्यक्ष डा. सुधा देवकोटाले जानकारी दिइन् ।  विगत चार वर्षदेखि यस फाउन्डेसनले विद्यालयहरूमा विद्यार्थी प्रोत्साहन कार्यक्रम गर्दै आइरहेको उनले बताइन् ।

दुई वर्ष काठमाडौँ, एक वर्ष विराटनगरमा र यो वर्ष झापामा यो कार्यक्रम आयोजना गरेको फाउन्डेसनका कार्यकारी निर्देशक तेजकुमार बास्तोलाले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार भट्टराईको अध्यक्षता तथा कोशी प्रदेश सांसद भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, विद्यालयका प्रधानाध्यापक दीपककुमार दाहाल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक विश्वनाथ राजवंशीले गरेका थिए ।    

सम्बन्धित समाचार