२०८३ बैशाख १० गते , विहीबार

झापाका १५ वटै पालिकामा हात्तीपाइलेको औषधि खुवाउने अभियान सुरु

sajilo news
झापा
२०८१ बैशाख १६ गते , आईतबार
झापाका १५ वटै पालिकामा हात्तीपाइलेको औषधि खुवाउने अभियान सुरु

झापा । भद्रपुरसहित जिल्लाका १५ वटै पालिकामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने अभियान भएको छ । जिल्लाका १५ वटै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आआफ्नो पालिकामा आइतबार बिहान हात्तीपाइलेविरुद्धको औषधि खाएर अभियानको सुरुवात गरेका छन् । 

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले औषधि खाएर अभियान सुरुवात गरेका थिए ।  नगरमा स्वास्थ्यकर्मीहरूको टोली पहिलो चरणमा विद्यालय र दोस्रो चरणमा घर दैलोमार्फत औषधि खुवाउने कार्यक्रम रहेको छ । 

झापासहित सात जिल्लामा आजदेखि बैशाख ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम रहेको छ ।  झापामा विगत १३ वर्षदेखि हात्तीपाइलेको औषधि खुवाउने अभियान जारी छ ।  डर त्रासका कारण अधिकांशले औषधि सेवन नगर्दा जिल्लामा अभियान सफल नभएको हो । 

यस पटक अन्तिम अभियान बनाउन पालिकाका जनप्रतिनिधिसहित सरोकारवाला पक्ष सबै लागि परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।  गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक जिल्लामा साढे ९ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले मात्र औषधि खाएका थिए । यस पटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाईसहित अन्य केही पालिकाहरूले हात्तीपाइले कार्ड नै जारी गरेको छ । औषधि खाएका व्यक्तिले कार्ड लिनुपर्ने हुन्छ । कार्ड लिएर पालिकामा गए मात्र सेवा सुविधा पाउने निर्णय नै गरेको जनाएको छ ।

 

सम्बन्धित समाचार