२०८३ बैशाख १० गते , विहीबार

झापाको तिरिङबाट १० लाखको कपडा बरामद

sajilo news
झापा
२०८१ बैशाख २७ गते , विहीबार
झापाको तिरिङबाट १० लाखको कपडा बरामद

झापा । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ । झापाको प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएका संयुक्त टोलीले बिहीबार बिहान ६ बजे मेचीनगर नगरपालिका -१ स्थित भालुखोपबाट उक्त मुल्य बराबरको कपडा बरामद गरेको हो ।

भन्सार छलेर भित्राइएको १० वटा बोराभित्र पर्दा कपडा १ हजार ७५८ पिस र मोजा ३७८ पिस रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । बरामद गरिएको कपडा मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ । 

सम्बन्धित समाचार