२०८३ बैशाख ७ गते , सोमबार

अब सरकारी शिक्षकले अन्यन्त्र काम गर्न नपाउने, मन्त्रालयले दियो निर्देशन

sajilo news
झापा
२०८१ बैशाख २८ गते , शुक्रबार
अब सरकारी शिक्षकले अन्यन्त्र काम गर्न नपाउने, मन्त्रालयले दियो निर्देशन

झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफू कार्यरत विद्यालयभन्दा अन्यन्त्र काम नगर्न/नगराउन शिक्षक,सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज (शुक्रबार) एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

शिक्षा ऐन, २०२८ को दफा १६ च २ को उपदफा (१) मा सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासनसम्बन्धी काममा बाहेक अन्य काममा लगाउनु नहुने व्यवस्था छ।

त्यस्तै,शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम १ को खण्ड (ज) मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालयबाहिर कामकाज गर्न नहुने व्यवस्था छ। 

‘शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालयबाहिर कामकाज गर्न नहुने भन्ने व्यवस्था गरेको हुँदा सो व्यवस्थाविपरीत कुनै पनि शिक्षकलाई कहि कतै काजमा जाने, काजमा राखे जस्ता काम कारबाही नगर्नु नगराउनु हुन भनी मिति २०८१/०१/२५ मा मन्त्रालय माननीय मन्त्रीस्तरीय को निर्णय भइ आएकोले सोही बमोजिम कार्यान्वयन गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ,’जारी निर्देशनमा उल्लेख छ। 

सम्बन्धित समाचार