२०८३ बैशाख ३० गते , बुधबार

भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

sajilo news
एजेन्सी
२०८१ जेष्ठ २ गते , बुधबार
भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्‍याएका थिए। तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्‍याइयो।

त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए। उनीहरुलाई कुटपिट गर्ने अमानवीय व्यवहार गर्ने र तीन महिनादेखि पारिश्रमिक नदिएको गरेका र्थि। 

सामाजिक कार्यमा संलग्न सर्लाहीका सरोज रायसमक्ष यो सूचना पुगेपछि उनले उद्धारको पहल गरेका थिए।  दिल्लीस्थित नेपाली दूतावास र किन इन्डिया संस्थाको समन्वयमा कश्मीरबाट मजदुरहरूको उद्धार गरी दिल्ली ल्याइएको रायले बताएका छन्।  उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरीका २३ जना छन्। ६ जना नाबालिग रहेको रायको भनाइ छ। 

सम्बन्धित समाचार