२०८३ बैशाख १० गते , विहीबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको भद्रपुरमा खुल्यो नयाँ शाखा कार्यालय

sajilo news
झापा
२०८१ जेष्ठ ९ गते , बुधबार
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको भद्रपुरमा खुल्यो नयाँ शाखा कार्यालय

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले झापाको भद्रपुरमा आफ्नो शाखा विस्तार गरेको छ ।  बैङ्कले भद्रपुर नगरपालिका ५ स्थित झिम्कीचोकमा बुधबार एक कार्यक्रमका बीच शाखा कार्यालयको उद्घाटन गरेको हो ।

बैङ्कका प्रदेश प्रमुख राजीव गजुरेलले शाखाको उद्घाटन गरेका हुन् । योसँगै बैङ्कको शाखा कार्यालयको सङ्ख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधवारदेखि नै सम्पूर्ण बैंकिङ्ग कारोबार सुरु भएको शाखा प्रमुख राहुल चक्रवतीले जानकारी दिए । हाल बैङ्कको २७२ शाखा, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखारहित बैंकिङ्ग र २६५ वटा एटिएम रहेको जनाइएको छ । 

सम्बन्धित समाचार