२०८३ बैशाख १० गते , विहीबार

एमाले हल्दीबारीको दोस्रो अधिवेशनको तयारी पूरा

sajilo news
झापा
२०८१ जेष्ठ ९ गते , बुधबार
एमाले हल्दीबारीको दोस्रो अधिवेशनको तयारी पूरा

हल्दीबारी । नेकपा एमाले हल्दीबारी गाउँ कमिटीको दोस्रो गाउँ अधिवेशनको तयारी पूरा भएको छ ।  यही जेठ १२ र १३ गते हल्दीबारी २ स्थित राधाकृष्ण मन्दिरको सभा हलमा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गर्दै गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

अधिवेशनलाई सफल बनाउनका लागि कमिटीका अध्यक्ष सापकोटाको अध्यक्षतामा ३०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ  । त्यस्तै मोहनचन्द्र रेग्मीको संयोजकत्वमा आर्थिक उपसमिति, हरिकृष्ण अधिकारीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, महेश मेचेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, खेम न्यौपानेको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, प्रकाश चुडालको संयोजकत्वमा खाद्यान्न उपसमिति, कल्पना रेग्मीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, त्रिलोचन सापकोटाको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति र आरपि शिवाकोटीको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको अध्यक्ष सापकोटाले बताए । 

नेता तथा कार्यकर्ताहरूको योग्यता, क्षमता, इमानदारिता र क्रियाशीलता हेरेर सर्वसम्मत रुपमा नेतृत्व चयन हुने नेकपा एमाले कोशी प्रदेश सल्लाहकार सदस्य मोहनचन्द्र रेग्मीले जानकारी दिए । पार्टी भित्र रहेको अन्तर्विरोधलाई समाप्त गर्दै समग्र हल्दीबारीको विकासको खाका अधिवेशनबाट पारित गरेर आगामी मिसन ८४ मा हल्दीबारीमा एमालेले बहुमत ल्याउने दिशामा पार्टी अगाडि बढ्ने एमाले कोशी प्रदेश सदस्य सन्तलाल मेचेले बताए ।

कार्यक्रममा सन्तलाल मेचे, मोहनचन्द्र रेग्मी, नरेश चुँडाल, सागर पोर्तेल, रञ्जित मेचे, सुदिप राजवंशी लगायत गाउँ कमिटी, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू सहभागिता रहेको कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव हरिकृष्ण अधिकारीले गरेका थिए ।

सम्बन्धित समाचार