२०८३ बैशाख १० गते , विहीबार

दमकका कार्यकर्ताको निराशालाई आशामा बदल्न मेरो उम्मेदवारी : युवराज घिमिरे

sajilo news
झापा
२०८१ जेष्ठ ११ गते , शुक्रबार
दमकका कार्यकर्ताको निराशालाई आशामा बदल्न मेरो उम्मेदवारी : युवराज घिमिरे

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा नेकपा एमालेको दोस्रो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । आधा दर्जन अध्यक्षको आंकाक्षी रहेका छन् । 

यसमा दमकका युवा व्यवसायी तथा नेकपा एमालेका युवा नेता युवराज घिमिरेले पनि अध्यक्षमा उम्मेदवारी मनोनयन गरेका छन् । उनले पार्टी भित्र आम कार्यकर्ताको निराशालाई आशामा बदल्नका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

पार्टी अध्यक्षको गृह नगरमा पार्टीले नगर प्रमुख, उपप्रमुख मात्र नभएर अधिकांश सामाजिक सङ्घसंस्थामा नेतृत्व गुमाइरहेको छ यो गम्भीर विषय हो, घिमिरेले भने । 'पुरानो एमालेको साखलाई फिर्ता गरेर दमकमा एमालेको वर्चस्व कायम गराउनु छ र एमालेका कार्यकर्ताहरूले छाती ठोकेर एमाले हुँ भन्ने बनाउनु छ,' घिमिरेले भने । पार्टी अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुन र नभए स्वच्छ प्रतिस्पर्धा गरेर नेतृत्व छान्न भनेको स्मरण गर्दै घिमिरेले आफू त्यो भन्दा बाहिर नजाने बताए ।

'एमालेलाई दमकमा सबैभन्दा ठुलो राजनीतिक दलको रुपमा मात्र नभएर सबैभन्दा भरपर्दो राजनीतिक दलको रुपमा स्थापित गराउन सक्छु भनेर अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको छु,' घिमिरेले भने । 'एमाले हुँ भनेर शिर ठाँडो बनाएर हिँड्ने अवस्था सिर्जना गर्नु छ,' उनले थपे । आफू नियमित रुपमा पार्टी काममा लागिरहेको र कार्यकर्ताहरू भावना बुझेको जनाउँदै सबैको साथ र समर्थन पाउने विश्वास गरेका छन् । 'पुराना तथा पार्टीलाई यहाँसम्म ल्याउनु हुने नेताहरूको सल्लाह बमोजिम अघि बढ्छु र नयाँ पुस्ताको भावना अनुसार पार्टीको नगर कमिटीलाई चलायमान बनाउने मेरो अठोट छ,' उनी भन्छन् ।

सम्बन्धित समाचार